पाटन अस्पतालमा उपचारत संक्रमित महिलाको मृत्यु


  • अर्थ पूर्ण
  • शुक्रबार, साउन १६, २०७७

काठमाडौँ । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । ललितपुरको लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

अस्पताल स्रोतले ६५ वर्षीया एक कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ । ललितपुरकै स्टार अस्पतालमा उपचारत रहेको अवस्थामा उनलाई कोरोना पुष्टि भएपछि पाटन अस्पतालमा ल्याइएकी महिलाको शुक्रबार उपचारकै क्रममा निधन भएको हो ।

मृतक महिला उच्च रक्तचापकी पनि बिरामी थिइन् । उनलाई यहि श्रावण ६ गते पाटन अस्पतालको आइसियुमा भर्ना गरिएको थियो । उनी केहि समय अघि वीरगन्जमाबाट फर्किएको बताइएको छ ।

नेपालमा विहिबारमात्र वीरगन्जमा ३ जनाको कोरोनाबाट मृत्यु भएको थियो भने योसहित कुल मृतकको संख्या ५६ पुगेको छ । स्वास्थ्य मन्त्रालयले भने आधिकारिक रुपमा पुष्टि गर्न बाँकी छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology