समुन्द्रको ‘एक्सन कट’मा नीताको छमछमी (भिडियो)


  • अर्थ पूर्ण
  • शुक्रबार, साउन १६, २०७७

महिलाहरुको महान चाड तीज पर्व नजिकिएसँगै यो चाडसँग जोडिएर बन्ने गीत संगीतको लर्को छ । कतिले तीजलाई जोडेर बनाएका गीतमा मौलिकता झल्काएको तारिफ भेटेका छन् भने कतिले मौलिकता भड्काएको नाममा आलोचना खेलिरहेका छन् ।

यो बीचमा फिल्म निर्देशक समन्द्र भट्टको ‘एक्सन कट’मा नयाँ तीज गीत ‘दिल खोलेर नाचिन्छ’ रिलिज भएको छ । जहाँ समुन्द्रले नेपाली मौलिकता झल्काउने प्रकारको नृत्य कलाकारलाई पस्किन मात्र लगाएकी छैनन्, गीतका शब्दहरु पनि सोहि प्रकारका छन् । अभिनेत्री नीता ढुङ्गानाले कम्मर मर्काएकी छिन् ।

सहिमा श्रेष्ठको स्वरमा तयार गीतमा संगीत कोशिश क्षेत्रीले भरेका छन् भने गीतका शब्दहरु रेखा पन्तले लेखेकी छन् । एरेञ्ज पुरुषोत्तमको छ, सीमा गुरुङले कलाकारहरुको मेकअपको जिम्मा सम्हालेकी छिन् ।

मित्र डि.गुरुङले सम्पादन गरेको गीतको भिडियोमा कोरियोग्राफी गोविन्द राईको छ । भिडियोलाई आकाश बुढाथोकी र शान्ता बस्नेतले निर्माण गरेका हुन् ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology