पर्सामा सांसद् प्रदीप यादवसहित थप ६४ जनामा कोरोना संक्रमण पुष्टि


  • अर्थ पूर्ण
  • शनिबार, साउन १७, २०७७

काठमाडौं । पर्साबाट निर्वाचित सांसद् प्रदीप यादवसहित थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा एक डाक्टर, एक स्वास्थ्यकर्मी, रौतहटका दुई जना र बाराका एक जना छन् । बाँकी सबै पर्साकै रहेको नारायणी अस्पताल वीरगञ्जले जनाएको छ । संक्रमित हुनेहरू १५ वर्षदेखि ६८ वर्ष उमेर समूहका रहेका छन् ।

पर्साबाट निर्वाचित सांसद् यादवले शुक्रबार कोरोना परीक्षण गरेका थिए  ।

वीरगञ्ज पुगेका सांसद् यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूमा पनि कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology