सामाजिक दूरी कायम गरेर बकर ईद मनाइयो


  • अर्थ पूर्ण
  • शनिबार, साउन १७, २०७७

शम्भू शैनी, कपिलवस्तु । कपिलवस्तुका मुस्लिमहरु धुमधाम संग बकर ईद कोरोना भाईरसले गर्दा सामाजिक दुरी कायम गरि मनाउदै छन । मुलुकमै सबै भन्दा बढि मुस्लिमहरुको संख्या रहेको कपिलवस्तुका मुस्लिम समुदायले आफ्नो दोश्रो ठूलो चाड (ईद उल अजहा) बकर ईद खुशयाली साटासाट गर्दै मनाउदै छन । नेपालमा अमन चैन शान्ति था माहामारीबाट बाच्नाकालागी हामी मुस्लिमहरु समुहिक भेला ना भै आ आफनो घरमा प्रथना गरेको बताएका छन ।
कोरोनाभइरस संक्रमण अन्तकोे कामना गर्दै कपिलबस्तुका इस्लाम धर्मवालम्बीहरुले ईदउल अजहा (बकर ईदको )नमाज बढने भएका छन् । उनीहरुले सामुहिक रुपमा इदगाह नमाज नपढेर घर घरमै बसेर नमाज पढनका छन् । सामुहिक रुपमा खुसायली साटेर नपाएपनि घरै बसेर बिशेष प्रार्थानगर्नै तौलिहवा मस्जिदका धर्मगुरु अलीहसनले बताएका छन्

कपिलवस्तुमा आज विहान मुस्लिम समुदायले नवाज तथा पाठ गरि घर घरमा खसीको बलि दिएर सो पर्व मनाउदै गरेका हुन । आज खसि, रागा लगायतका पशुहरुको कुर्वानी ( बली ) दिई आफन्त नातागोता तथा इष्टमित्र संग खुसी साटेर यो चाड मनाइने गरिन्छ । अरबी क्यालेन्डर अनुसार जिलहिज्जा महिनामा पर्ने बक्राईद मुस्लिम समुदायले आज देखि तिन दिन सम्म मनाउने गरिन्छ ।

आफ्ना अनुयायी हतरत ईब्राहीम अलहीस सलामलाई अल्लहाले सबै भन्दा प्रिय चिज कुर्वानी गर्न गरेको अल्लाहको आदेशानुसार उनले आफनो छोरा ईस्माईल अलहीस सलामलाई कुर्वानी दिन खोजेका थिए । त्यसै बेला अल्लाहको अर्सिवादले छोराको ठाँउमा दुम्भ अर्थात भेडा जस्तो देखिने चौपाया कुर्वानीका लागि पठाएका थिए । यसैको स्मरणमा बक्राईद मनाईन्छ कुर्वानी दिइएको खसीको मासुको एक भाग गरीब, एक भाग आफन्त र नातगोता तथा एक भाग कुर्वानी दिनेले खाने चलन रहेको छ । यस बर्ष ईदुल अजहाका अवसरमा आफुहरुले मुलुकमा शान्ति छाओस भन्ने कामना गरेको बताए । कपिलबस्तु जिल्लामा नै सबै भन्दा बढी मर्दशा रहेको तथ्यांकमा छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology