‘ईनफ इज ईनफ’ आन्दोलनलाई नेपाली कांग्रेसको समर्थन


  • अर्थ पूर्ण
  • शनिबार, साउन १७, २०७७

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले वसन्तपुर पुगेर ‘इनफ इज इनफ’ अभियानका सत्याग्रही ई:लाई भेटेका छन् । देउवाले सत्याग्रही युवाहरुको अभियानमा कांग्रेसको तर्फबाट ऐक्यबद्धता समेत जनाएका छन् । शनिबार दिउँसो वसन्तपुरमा पुगेका देउवाले अभियानले राखेको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । देउवाले युवाहरुले अघिल्लो पटक गरेको अनशनका बेला सरकारले गरेको सम्झौतालाई पूरा गरी सम्पूर्ण नेपाली नागरिकको जीवन रक्षा गर्नुपर्ने बताए ।

अभियन्ता ई: ले कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि प्रभावकारी कदम चाल्नु पर्ने, पीसीआर परीक्षण बढाउनु पर्ने, पूर्वसहमति कार्यान्वयन हुनुपर्ने लगायत माग राखी सत्याग्रह बसेका हुन् ।

इनफ इज इनफ अभियानका अभियान्ता ई: १५ दिनदेखि सत्याग्रह जारी राखेका छन् ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9843147644

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology