सामसुङले जित्यो ६ अर्ब ६० करोड डलरको फाइभ–जी ठेक्का


  • अर्थ पूर्ण
  • मङ्लबार, भदौ २३, २०७७

एजेन्सी । सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकाको न्यूयोर्कस्थित भेरिजोन कम्युनिकेसन्सका लागि उच्च गतिको इन्टरनेट फाइब–जी को पूर्वाधार निर्माण गर्न ६ अर्ब ६० करोड डलरको एउटा ठेक्का पाएको छ ।

सामसुङका अनुसार यो ठेक्का आगामी सन् २०२५ सम्ममा पूरा हुनेछ । सामसुङ र भेरिजोनले यसअघि पनि संयुक्तरुपमा काम गरेका छन् । यसअघि सन् २०१८ मा सामसुङ टेक्नोलोजीले क्यालिफोर्निया, टेक्सास र इन्डियानाका ग्राहकका लागि फाइब–जीको पूर्वाधार निर्माण गर्न मद्दत गरेको थियो ।

दक्षिण कोरियाली कम्पनी सामसुङले मुख्य प्रतिस्पर्धी फिनल्यान्डको नोकियालाई पछि पारेको थियो । यो प्रतिस्पर्धामा चीनको हुवावेलाई पनि सहभागी हुन दिइएको थिएन । सन् २०१२ देखि नै हुवावेलाई अमेरिकी बजारमा पहुँच दिइएको छैन । अमेरिकी कङ्ग्रेसले हुवावेका प्रविधि खरिद गर्नबाट अमेरिकी कम्पनीमाथि रोक लगाएको छ ।

पछिल्लो समय ट्रम्प प्रशासनले युरोपेली मुलुकहरुलाई पनि हुवावेका प्रविधि खरिद नगर्न दबाब दिइरहेको छ । गत फेब्रुअरीमा अमेरिकी महान्यायाधीवक्ता विलियम बारले युरोपेली कम्पनीहरु नोकिया र एरिक्सनमाथि हुवावेका प्रविधिमाथि पुनर्विचार गर्न चेतावनी दिएका थिए ।

विश्व बजारमा अहिले उच्च गतिको फाइब–जी नेटवर्क निर्माणमा हुवावे मुख्य प्रतिस्पर्धी भए पनि अमेरिकी नीतिहरुका कारण हुवावेमाथि संकट देखिएको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology