सवारी साधनको नम्बर प्लेट नेपालीमा राख्न माग


  • अर्थ पूर्ण
  • बिहिबार, भदौ २५, २०७७

पोखरा । नेपाली भाषा शिक्षक परिषद् कास्कीले सवारी साधनका नम्बर प्लेटमा अङ्ग्रेजी भाषा मात्र राख्न सर्वोच्च अदालतले हालै जारी गरेको आदेशप्रति आपत्ति जनाएको छ ।

परिषद्का अध्यक्ष डिल्लीराम अर्यालद्वारा हस्ताक्षरित एक विज्ञप्तिमा सर्वोच्चको उक्त निर्णयले नेपाली भाषालाई निर्मम ढुङ्गले प्रहार गरेर ध्वस्त पार्ने र यसको अस्तित्वलाई धरासायी बनाउन षड्यन्त्रमूलक तरिकाले आएको भन्दै आपत्ति व्यक्त गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, “नेपाली भाषा हाम्रो मौलिकता, राष्ट्रियता, संस्कृतिका साथै अस्तित्वको संवाहक हो । भाषाको गरिमालाई नजरअन्दाज गर्दै समय समयमा राष्ट्रियता कमजोर पार्न, जातीय गौरव र संस्कृति मेटाउन तथा विशेषगरी भाषामाथि प्रहार गर्ने काम परचक्रीबाट हुँदै आएको छ, विदेशी आयातित भाषाका आडमा राष्ट्रभाषाका रूपमा रहेको नेपाली भाषामाथि निर्मम ढङ्गले प्रहार गरिँदै आएको इतिहास साक्षी छ ।”

विज्ञप्तिमा नेपालभर सञ्चालन हुने कुनै पनि सवारी साधनका नम्बर प्लेटमा अङ्ग्रेजी भाषा राखिनुको कुनै प्रयोजन र औचित्य पुष्टि हुन नसक्ने जनाउँदै उक्त राष्ट्रघाती फैसलालाई तुरुन्त बदर गरी नेपाली भाषामा नै नम्बर प्लेट राख्ने प्रावधानलाई कडाइका साथ लागु गर्न माग गरिएको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology