बलर दीपक चहरले जिते कोरोना, प्रशिक्षणमा सहभागी हुदै


  • अर्थ पूर्ण
  • बिहिबार, भदौ २५, २०७७

काठमाडौँ । चेन्नई सुपरकिंग्सबाट खेल्ने भारतीय तिब्र गतिका बलर दीपक चहरले कोरोनालाई जितेका छन् ।

हाल आइपिएल खेल्न युएईमा रहेका दीपक दुई साता अघि गरिएको परिक्षणमा चेन्नईका अन्य १२ स्टाफ एवं कर्मचारीसहित कोरोना पोजेटिभ आएको थियो ।

चेन्नईका प्रमुख कार्यकारी अधिकृत विश्वनाथनले दीपकको दुई परिक्षण निगेटिभ आएको बताएका छन् ।

अब उनको रिकभरीका बारेमा परिक्षण भएपछि उनी टिमको प्रशिक्षणमा सहभागी हुने बताइएको छ ।

दीपक पछिल्लो १४ दिनदेखि होटलमा क्वारेन्टाइनमा रहेका थिए ।

आफ्ना दुई प्रमुख खेलाडी हरभजन सिंह र सुरेश रैनाले आइपिएल नखेल्ने बताएपछि दबाबमा रहेको चेन्नई आफ्ना प्रमुख बलरसहित स्पोर्ट स्टाफमा कोरोना देखिएपछि थप दबाबमा आएको थियो ।

सेप्टेम्बर १९ देखि शुरु हुने आइपिएलको पहिलो खेलमा नै चेन्नईले डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्सविरुद्ध खेल्दै छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology