‘स्तुती अनलाइन’ सेवा शुभारम्भ


  • अर्थ पूर्ण
  • शुक्रबार, भदौ २६, २०७७

काठमाडौँ । ग्राहकहरु संगै नजिकबाट वस्तुहरु छनौट गरि खरिद गने सुविधा उपलब्ध गराउदै आएको स्तुती मेरो मार्टले यो महामारीमा अफ्ना ग्राहकहरुलाई सजिलो होस् भन्ने हेतुले अनलाइन सेवा ुस्तुती अनलाइनु पनि सुरु गरेको छ ।

www.stutionline.com  बाट यो सेवा लिन सकिने स्तुती मेरो मार्टले जनाएको छ ।

स्तुती अनलाइनले ग्राहकहरुका लागी खाद्य वस्तुहरू तथा गैर खाद्य वस्तुहरू साथै घर र घरेलू उपकरणका वस्तुहरु पनि अपलव्ध गराउने छ । हाललाई यो सेवा काठमाडौँ उपत्यका भित्र उपलब्ध हुनेछ । स्तुती अनलाइनले आउदा दिनमा अन्य सेवा सुविधाहरु पनि थप गर्दै जाने छ ।

बिगत सात वर्षदेखि काठमाडौँ उपत्यका भित्रका विभिन्‍न स्थानहरुमा संचालन भैरहेको स्तुती मेरो मार्टले आफुलाई एउटा रिटेल चेनको रुपमा स्थापित गराइ सकेको छ ।

स्तुती मेरो मार्ट, एएनएसको अन्तर्गत एक सिस्टर कम्पनी हो । स्तुतीमा ग्राहकलाई उत्तम र सबभन्दा सुविधाजनक किनमेलको अनुभव प्रदान गर्ने गरेको जनाएको छ ।

आफ्ना ग्राहकहरुलाई ग्राहकहरुकै नजिक टोल टोलमा सेवा पुराउने उद्देश्यबाट संचालित स्तुती मेरो मार्टले सातौं बर्षमा ग्राहकहरुका लागी खाद्य वस्तुहरू तथा गैर खाद्य वस्तुहरूका साथै घरायसी अत्यावश्यक समानहरु उपलव्ध गराउदै आएको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology