बागमति प्रदेशद्वारा शिक्षा नीति, २०७७ को प्रारम्भिक मस्यौदा सार्वजनिक


  • अर्थ पूर्ण
  • सोमवार, भदौ २९, २०७७

काठमाडौं । बागमति प्रदेश सरकारले बागमति प्रदेश शिक्षा नीति, २०७७ को प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको छ ।

बागमति प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको उक्त शिक्षा नीति, २०७७ अनुसार प्रदेशमा कार्यरत शिक्षक, प्रध्यानाध्यापक, कर्मचारी, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा बोर्ड अफ ट्रष्टिजको पेशागत तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने उल्लेख गरिएको छ ।

यस्तै शिक्षा नीतिमा शिक्षाको पेशागत विकासका लागि तीन पक्ष (शिक्षक स्वयम्, काम गरिराखेको विद्यालय र तालिम केन्द्र) लाई जिम्मेवार बनाउने व्यवस्था अवलम्बन गरिने पनि उल्लेख गरिएको छ । साथै उत्कृष्ट विद्यालय शिक्षक, विद्यार्थी, कर्मचारी, व्यवस्थापन समिति बोर्ड अर्फ ट्रष्टिज, समुदायमा आधारित गैर सरकारी संस्था एवम् अभिभावक पहिचाहन गरी पुस्कृत गरिने समेत शिक्षा नीतिमा उल्लेख गरिएको छ ।

यसैगरी, शिक्षक तथा प्रध्यानाध्यापकले निश्चित अवधिको कक्षा शिक्षण, विद्यालय विकास, विद्यार्थी मूल्याङ्कन, शिक्षामा नवप्रवर्तन लगाएतका विषयमा तालिम लिनुपर्ने व्यवस्था पनि उल्लेख छ । यी सबै व्यवस्थाहरु कार्यान्वयमा आएको खण्डमा बागमति प्रदेशमा कार्यरत शिक्षक, प्रध्यानाध्यापक र कर्मचारीलाई थप सहज हुनेछ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology