कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु


  • अर्थ पूर्ण
  • सोमवार, भदौ २९, २०७७

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ५ जना महिला र १० जना पुरुष रहेका छन् ।

मृत्यु हुने महिलामा काठमाडौँककी ६१ बर्षिय, गोरखाकी ६३ बर्षिय, नवलपरासीकी ६२ बर्षिय, पर्साकी ५५ बर्षिय र कपिलवस्तुकी ४७ बर्षिय महिला रहेका छन् ।

त्यस्तै मृत्यु हुने पुरुषमा काठमाडौँका ५ जना रहेका छन् । जसमा ७७, ६२, ७३, ८५ र ७० बर्षिय पुरुष रहेका छन् । त्यस्तै ललितपुरका ५५ बर्षिय पुरुष, भक्तपुरका ७३ बर्षिय पुरुष र रामेछापका २३ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology