कोरोनाले शिक्षामा कस्तो प्रभाव पार्यो ?


  • अर्थ पूर्ण
  • मङ्लबार, भदौ ३०, २०७७

काठमाडौँ । युरोपको प्रायजसो भागमा बालबालिका पुन विद्यालय जान शुरुवात गरेका छन् ।

तर विश्वको अन्य स्थानमा भने कोरोना भाइरसको प्रतिबन्धको कारण विद्यालयमा अहिले सम्म पठनपाठन बन्द रहेको छ ।

संयुक्त राष्ट्र (युएन) को अनुसार, दक्षिण एशियामा करिब ६० करोड बालबालिका प्रभावित भएका छन् ।

कक्षा कोठामा जान कठिन 

जब कोरोना भाइरसको प्रतिबन्ध पहिलो पटक मार्च र अप्रिलमा लागु गरियो तब दक्षिण एशियामा प्रायजसो क्षेत्रमा नयाँ शैक्षिकसत्र शुरुवात हुने समय थियो ।

त्यस समय देखि अहिले सम्म विद्यालय बन्द छ र ठुलो संख्यामा विद्यालयहरु बन्द गरिएको छ ।

अहिलेको स्थिति :

नेपालमा स्कूल बन्द अवधि झन् लम्बाइएको छ र यहाँ रिमोट शिक्षाको उपाय अपनाइएको छ ।

भारतमा ठुलो मात्रामा कक्षाहरु बन्द गरिएको छ र अनलाइन वा टिभी कार्यक्रमको माध्यमबाट पढाई चलिरहेको छ । भारतीय सरकारको अनुसार कक्षा ९ देखि कक्षा १२ सम्म बालबालिका आफ्नो आमा-बुबाको अनुमति लिएर २१ सेप्टेम्बर पछि स्वइच्छाले विद्यालय जान सक्छन् ।

बंगलादेशमा पनि विद्यालय बन्द छन् भने श्रीलंकामा अगष्टमा विद्यालय खोलिएको थियो तर कोरोना संक्रमण बढ्दै गएपछि विद्यालय पुन बन्द गर्नुपरेको थियो ।

पाकिस्तानमा चरणबद्ध रुपमा बालबालिका स्कुल फर्किने भएका छन् र कोरोना संक्रमणमा गिरावट आएसंगै १५ सेप्टेम्बर देखि कक्षाहरु संचालन भएका छन् ।

के सबैसंग इन्टरनेट छ ?

रिमोट लर्निंगमा कि त बालबालिकासंग लाइभ अनलाइन कक्षाहरु हुन्छ वा डिजिटल कन्टेन्ट प्रसारण गरिन्छ ।

यस कन्टेन्टलाई अनलाइन वा अफलाइन दुवै प्रकारले कुनैपनि समयमा प्रयोग गर्न सकिन्छ ।

तर दक्षिण एशियाको कतिपय देशमा राम्रो इन्टरनेट पूर्वाधारको अभाव रहेको छ ।

साथै गरिब जनताको लागि इन्टरनेटको खर्च उठाउन पनि मुस्किल हुने गर्दछ ।

युएनको अनुसार, कम्तिमा १४.७ करोड बालबालिका अनलाइन वा रिमोट लर्निंगबाट निकै टाढा रहेका छन् । सन् २०१९ को सरकारी सर्वेको अनुसार, भारतमा केवल २४ प्रतिशत परिवार संग इन्टरनेटको सुविधा रहेको छ ।
भारतको ग्रामीण क्षेत्रमा यस तथ्यंक अझ कम हुँदै गएको छ ]

ती क्षेत्रमा केवल चार प्रतिशत परिवार संग इन्टरनेटको सुविधा रहेको छ ।

बांग्लादेशमा इन्टरनेट कनेक्टिभिटी अन्य देशभन्दा राम्रो रहेको छ । बांग्लादेशमा ६० प्रतिशत बालबालिका अनलाइनमा पढाई गर्नसक्ने रहेका छन् तर त्यहाँको ब्रोडब्याण्ड इन्टरनेटको गुणवत्ता प्राय खराब हुने गर्दछ ।

कतिपय विद्यालयमा प्राथमिक उपकरणको अभाव

नेपालमा हालै भएको आर्थिक सर्वेको अनुसार करिब ३० हजार सरकारी विद्यालय मध्य ३० प्रतिशत भन्दा कम कम्प्युटरको सुविधा रहेको छ ।

साथै केवल १२ प्रतिशत विद्यालय अनलाइन लर्निंग गराउन सक्षम रहेका छन् ।

कुनै देशमा त इन्टरनेट भएको उपकरण वा ब्रोडब्याण्ड कनेक्शन नभएको कारण टेलिभिजन र रेडियोको सहायताले पढाई भइरहेको छ ।

यस प्लेटफर्मको पहुँच जनसंख्याको ठुलो भाग सम्म पुगेको छ ।

नेपालमा टेलिभिजनको मध्यमबाट शिक्षा दिने कार्यक्रम प्रशारण गरिएको छ तर यहाँ आधा भन्दा पनि कम जनसंख्यासंग टेलिभिजनको पहुँच रहेको छ ।

भारतमा टेलिभिजनको दुरदर्शन च्यानलमा शैक्षिक कार्यक्रम हेर्न सकिन्छ ।

बांग्लादेशको सरकारी ब्रोडकास्टर संग टेलिभिजनले आफ्नो च्यानलमा रेकर्डेड कन्टेन्ट प्रशारण गर्ने गरेको छ ।

विद्यालय खोल्दा संक्रमणको खतरा बढ्दो 

श्रीलंकामा विद्यालय खोलिएको छ । सीलोन टिचर्स युनियनका जेनेरल सेक्रेटरी जोसेफ स्टालिन भन्छन्, ‘खोलिएका विद्यालयमा सामाजिक दुरीको नियम पालना भएको छैन केवल केहि विद्यालयमा अनिवार्य मास्क लगाउनुपर्ने नियम रहेको छ ।’
उनी भन्छन्, ‘प्राथमिक सुरक्षा उपाय लागु गर्न कठिन भएको छ किनभने कुनै आधिकारिक निर्देशन जारी गरिएको छैन ।’

अल पाकिस्तान प्राइभेट स्कूल्स फेडरेशनले सेप्टेम्बरमा विद्यालय खोल्ने निर्णयको विरोध गरेको छ ।

उनीहरुलाई परिक्षण र कोरोना सुरक्षा दिशानिर्देशहरु लागु गर्नको लागि अधिकारिक निर्देशनको आवश्यकता पर्दछ ।

भारतमा विद्यालय खोल्नको लागी यस्तै प्रकारको चिन्ता बनेको छ ।

चाइल्ड राइट्स एण्ड यू की प्रीति महारा भन्छिन्, ‘विद्यालय खोल्नुको साथै आमा-बुबा, यातायात, शिक्षक, र अन्य सेवा प्रदान गर्ने काम पनि शुरु गर्नुपर्ने हुन्छ र यसले मानव गतिबिधि अझ बढ्दै जान्छ ।’

लामो समय सम्म बन्द रहेका कारण निजि विद्यालयमा आर्थिक समस्या उत्पन्न भएको छ ।

बांग्लादेशमा सय भन्दा अधिक निजि विद्यालय बिक्रिमा रहेका छन् ।

ढाकामा बिक्रिमा रहेको एक विद्यालयका संचालक भन्छन्, ‘मैले तलब दिन र भाडा तिर्नको लागि पैसा सापटी लिएको छु ।’ कतिपय च्यारिटी संगठनहरुले विद्यालयको सहयोग गर्ने प्रयास पनि गरेका छन् ।

भारतमा प्रथम एजूकेशन फाउन्डेशन की डा रुक्मिणी बेनर्जी भन्छिन्,  ‘राज्य सरकार र विद्यालय परिवारको कम्तिमा एक जना सदस्य संग मोबाइल भएको हरेक बच्चा संग सम्पर्कमा रहने प्रयास गरिरहेको छ ।’

कतिपय स्थानमा बालबालिकाले विद्यालयबाट आफ्नो नाम हटाएका छन् किनभने अधिकारीहरु पढाईको लागि उनीहरु संग सम्पर्क गर्न असफल रहेका छन् ।

युनिसेफको जीन गो भन्छन्, ‘यसको कारण विद्यालयमा ड्रपआउट रेटमा तिब्र वृद्धि भएको छ ।’

गो भन्छन्, ‘इबोला र अन्य आपतकालीन स्थितिमा विद्यालय बन्द हुँदा पछिल्लो घटनाको तुलनामा यस पटक शिक्षा क्षेत्रमा निकै नोक्सानी हुने देखिएको छ ।’

(बिबिसी हिन्दीबाट)

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology