कुलमान घिसिङको औपचारिक बिदाइ


  • अर्थ पूर्ण
  • मङ्लबार, भदौ ३०, २०७७

काठमाडौँ । विद्युत प्राधिकरणका कर्मचारीहरूले कुलमान घिसिङको औपचारिक बिदाइ गरेका छन् ।

प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा घिसिङको चारवर्षे कार्यकाल आइतवार सकिएपछि मंगलवार उनको बिदाइ गरिएको हो ।

मन्त्रिपरिषद्ले घिसिङलाई पुनर्नियुक्ति गर्न सक्ने चर्चा चलिरहेकाले बिदाइ कार्यक्रमलाई दुई दिनसम्म रोकिएको थियो ।

सोमवारको मन्त्रिपरिषद् बैठकले पुनर्नियुक्तिको निर्णय नगरेपछि मंगलवार कर्मचारीहरूले उनको बिदाइ गरेका हुन् ।

बिदाइका क्रममा वक्ताहरूले घिसिङलाई पुनस् स्वागत गर्न पाइने आशा पनि व्यक्त गरेका छन् ।

कार्यकाल सम्हाल्दै गर्दा दैनिक १८ घण्टासम्म लोडसेडिङ भोगिरहेका उपभोक्तालाई घिसिङले लोडसेडिङ अन्त्य गरेका थिए ।

निरन्तर घाटामा रहने प्राधिकरण उनको कार्यकालमा नाफा ल्याउन ठुलो भूमिका खेलेका थिए । उनले विद्युतको सहि व्यवस्थापन र चुहावट नियन्त्रण गर्न योजना बनाएर काम गरेका थिए ।

प्राधिकरणमा कुलमानलाई निरन्तरता दिन सरकारमाथि आम जनताले सामाजिक संजाल र मिडियाबाट दबाब बनाइरहेका छन् ।

प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमानको आइतबार ४ वर्षे कार्यकाल सकिएको थियो ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology