भारतद्वारा चीनले ३८ हजार बर्ग किलोमिटर भूभाग कब्जा गरेको आरोप


  • अर्थ पूर्ण
  • मङ्लबार, भदौ ३०, २०७७

काठमाडौँ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले चीनले भारतको ३८ हजार बर्ग किलोमिटर जमिन कब्जा गरेको बताएका छन् ।

भारतीय संसदमा बोल्दै रक्षामन्त्री सिंहले पूर्वी लाद्धखमा सो भूभाग अनिधिकृतरुपमा कब्जा गरेको बताएका हुन् ।

त्यस्तै पाकिस्तानले ५१८० बर्ग किलोमिटर कब्जा गरेको सिंहले संसदलाई जानकारी गराएका छन् ।

गत जुनको घटना बारे जानकारी गराउदै चिनियाँ पक्षले नै समस्या सिर्जना गरेको बताएका छन् ।

जुन १५ मा २० जना भारतीय सैनिकले ज्यान गुमाएका थिए ।

त्यस्तै उनले जुन १५ को घटनामा चिनियाँ पक्षमा पनि ठुलो क्षति धेरै भएको संसदलाई बताएका छन् ।

जुन १५ पछि अगस्त २९ र ३० मा समेत सीमा तनाव भएको भारतीय सेनाले दाबि गरेको थियो तर त्यसलाई चिनिया पक्षले भने भारतले नै सो तनाव सिर्जना गरेको बताएको थियो ।

रक्षामन्त्री सिंहले सेप्टेम्बर ४ मा मस्कोमा चिनियाँ रक्षमन्त्रीसँग भेटवार्ता गरेका थिए । भने त्यसको केहि दिनपछि मस्कोमै विदेशमन्त्री स्तरीय समेत भेटवार्ता भएको थियो ।

भारत र चीनबीच करिब ३५ सय किलोमिटरको सीमा क्षेत्र रहेको छ भने दुवै देश अहिलेको सीमामा सहमत रहेका छैनन् । यस विषयमा लिएर यस अघि सन १९६२ मा दुवै देशबीच लडाई भएको थियो ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology