विल गेट्सका पिता विलियम हेनरी गेट्सको ९४ बर्षको उमेरमा निधन


  • अर्थ पूर्ण
  • बुधबार, भदौ ३१, २०७७

काठमाडौँ । माइक्रोसफ्टका सह-सस्थापक विल गेट्सका पिता विलियम हेनरी गेट्सको ९४ बर्षको उमेरमा निधन भएको छ ।

विल गेट्सले आफ्ना पिताको घरमै निधन भएको जानकारी दिएका छन् ।

विल गेट्सका पिता विलियन पूर्व आर्मी अफिसर हुन् भने उनी आफ्नो क्यारियरमा एक ल फर्मका साझेदार पनि रहेका थिए ।

उनी विल गेट्सले सन २००० मा स्थापना गरेको द विल(मेलिन्डा फाउन्डेसनका सह अध्यक्ष समेत थिए ।

विल गेट्सले जारी गरेको व्यक्तव्यमा उनका पिताको निधनको कारण भने खुलाइएको छैन ।

गेट्सले आफ्नो व्यक्तव्यमा आफ्ना पिताकै कारण अहिले आफु यो स्थानमा आएको बताउदै उनी नै आफ्नो प्रेरणाको प्रमुख स्रोत भएको बताएका छन् ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology