सुगा जापानको ९९औ प्रधानमन्त्रीको रुपमा निर्वाचित


  • अर्थ पूर्ण
  • बुधबार, भदौ ३१, २०७७

काठमाडौँ । योशिहिदे सुगा जापानको प्रधानमन्त्री पदमा निर्वाचित भएका छन् ।

जापानको तल्लो सदन डाइटमा भएको मतदानमा सुगा जापानको ९९औ प्रधानमन्त्रीको रुपमा निर्वाचित भएको जापानी संचार माध्याम एनएचकेले जनाएको छ ।

तल्लो सदनमा रहेको ४६५ मतमा सुगाको पक्षमा ३१४ मत परेको थियो ।

जापानमा लिबरल डेमोक्रेटिक पार्टी ९एलडीपी० नेतृत्वको गठबन्धन सरकार अहिले सत्तामा रहेको छ । एलडीपीको संसदमा २८४ सिट रहेको छ भने सत्ता साझेदार कोमेइटो पार्टीको २९ सिट रहेको छ ।

प्रधानमन्त्रीमा नियुक्त भएसँगै सुगा अब यस संसदको बाँकी कार्यकाल २ बर्षका लागि जापानको प्रधानमन्त्री बनेका छन् ।

को हुन् सुगा रु

आबेको पहिलो कार्यकाल पछि विस्वासिलो सल्लाहकारको रूपमा राष्ट्रिय प्रतिष्ठा कमाएका ७१ वर्षीय योशिहिदे सुगा प्रधानमन्त्रीका स्वाभाविक दाबेदार थिए । सन् २०१२ मा आबे पुनः सरकारको नेतृत्वमा फर्केपछि उनले सुगालाई मन्त्रीपरिषद्को मुख्य सचिव नियुक्त गरेका थिए ।

जापानमा मन्त्रीपरिषद्को मुख्य सचिवलाई एक शक्तिशाली पद मानिन्छ । मुख्य सचिवले सरकारी मन्त्रालयहरू र सत्तापक्षको प्रयासलाई समन्वय गराउने गर्छ । नियमित पत्रकार भेटमा सरकारको तर्कपूर्ण प्रतिरक्षा गर्न तथा नयाँ सम्राट नारुहितोको आरोहणको चाँजोपाँजो मिलाउने रेवा युगको घोषणा गर्ने कामको नेतृत्व आवेले सुगालाई नै दिएका थिए ।

वंश राजनीतिको पृष्टभूमिबाट आएका नेता र पूर्व टेक्नोक्रेयाटहरूले भरिएको सत्ताधारी पार्टीमा उहाँ किसान परिवारबाट आफ्नै बाहुबलले सांसद हुन सफल लोकप्रिय नेता हुन् । सुगाले आफ्नो माध्यमिक विद्यालयस्तरको पढाइपछि टोकियो छिर्नुभएको थियो, जहाँ उनले रात्रिकालिन विश्वविद्यालयस्तरको पढाइका लागि सस्तो श्रमको सहायता लिँदै अध्ययन पूरा गर्नुपरेको थियो ।

उनी सन् १९८७ मा योकोहामाबाट नगरसभाको सदस्य निर्वाचित बनेका थिए भने सन् १९९६ मा जापानी संसदको तल्लो सभामा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology