स्वास्थ्य बीमा बोर्डका अध्यक्षमा डा उप्रेती


  • अर्थ पूर्ण
  • बुधबार, भदौ ३१, २०७७

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका अध्यक्षमा डा सेनेन्द्रराज उप्रेती नियुक्त हुनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नवनियुक्त अध्यक्ष डा उप्रेतीलाई मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

यस्तै सदस्यमा डा सुरेश तिवारी र चन्द्र थापा नियुक्त हुनुभएको छ । उहाँ दुवै जनालाई अध्यक्ष डा उप्रेतीले पद तथा गोपनीयताको शपथ गराउनुभयो । मन्त्री ढकालले तीनै जनालाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो ।

मन्त्रालयको बोर्डको कार्यकारी निर्देशकका लागि भने खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न दरखास्त माग गरिएको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology