बुुधबार नेप्से पाँच दसमलव ३६ अंकले बढ्यो


  • अर्थ पूर्ण
  • बुधबार, भदौ ३१, २०७७

काठमाडौ । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन घटेको नेप्से साताको चौथो कारोवार दिन बुुधबार पाँच दसमलव ३६ अंकले बढेर १५ सय ४१ दसमलव ४० बिन्दुमा चढेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ८३ अंकले बढेर तीन सय पाँच दसमलव ४८ बिन्दुमा चढेको छ ।

एक सय ९४ कम्पनीहरुको ३० हजार पाँच सय ९० वटा कारोवारमा ६३ लाख ९० हजार ८३ कित्ता सेयर खरिद भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ८४ करोड ५६ लाख ३४ हजार ३० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन । सो मध्ये बाँणिज्य बैक समुहको सुचक चार दसमलव अंकले घटेको छ भने बाँकी समुहको सुचक बढेको छ । बिकास बैंक समुहको सुचक भने आज दुई दसमलव आठ अंकले बढेर १७ सय ७१ दसमलव ९१ बिन्दुमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि ४२ दसमलव ३७ अंकले बढेर आठ हजार एक सय ४७ दसमलव ८८ बिन्दुमा चढेको छ ।

जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको बरुण हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर एक सय ३२ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको एनआईसी एशिया ब्यालेन्स फण्डको प्रतियुनिटक सेयर मुल्य तीन दसमलव ८७ प्रतिसतले घटेर नौ रुपैयाँ ४५ पैसामा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता आठ सय ८२ रुपैयाँमामा नौ करोड ५२ लाख ४२ हजार पाँच सय ९६ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology