नेकपाको सचिवालय बैठक भोलि सम्मको लागि स्थगित


  • अर्थ पूर्ण
  • सोमवार, अशोज ५, २०७७

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज अपराहन्न १ बजे बस्ने बैठक स्थगित भएर बैठक भोलि मंगलबार साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको जानकारी दिएका छन् ।

यस अघि नेकपाको सचिवालय बैठक आइतबार पहिलो पटक पेरिसडाँडामा बसेको थियो ।

सो बैठकमा मन्त्रिपरिषद पुनर्गठन गर्ने बारे छलफल भएको थियो ।

नेकपामा अहिले मन्त्रिपरिषद पुनर्गठनको मापदण्ड बनाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology