५२ प्रतिशत सङ्क्रमित होम आइसोलेशनमा


  • अर्थ पूर्ण
  • सोमवार, अशोज ५, २०७७

कर्णाली । कर्णाली प्रदेशमा ५२ प्रतिशत कोरोना भाइरसका सङ्क्रमित होम आइसोलेशनमा बसेका पाइएको छ ।

प्रदेश स्वास्थ्य सेवा महाशाखाले प्रदेशका चार ५२ जना सक्रिय सङ्क्रमितमध्ये दुई ३७ जना अर्थात ५२ प्रतिशत सङ्क्रमित घरमै आइसोलेशनमा बसेका जनाएको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार सक्रिय सङ्क्रमितमध्ये दुई १५ जना विभिन्न अस्पताल र स्थानीय तहद्वारा सञ्चालित आइसोलेशनमा बसेका छन् ।

सुर्खेतमा मात्रै दुई ७३ जना मध्ये एक ६९ जना सक्रिय सङ्क्रमित घरमै रहेको पाइएको हो ।

यो ६२ प्रतिशत हुन आउँछ । सरकारले लक्षण नदेखिएका सङ्क्रमितलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर होम आइसोलेशनमा बस्न निर्देशन दिएपछि यो सङ्ख्या बढेको हो ।

अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा हेरचाहको कमी , पर्याप्त सेवा सुविधा नहुने हुँदा अधिकांश सङ्क्रमित घर तथा होटलमा बस्न चाहेको बताइएको छ ।

चिकित्सकहरु सङ्क्रमितलाई स्वास्थ्यकर्मीको सम्पर्कमा राख्ने र आफैँ पनि अनुशासित भएर बसेमा होम आइसोलेशन सुरक्षित हुने बताउँछन् ।

सम्बन्धित समाचार
कर्णाली प्रदेशमा ५२ प्रतिशत सङ्क्रमित होम आइसोलेशनमा

कर्णाली । कर्णाली प्रदेशमा ५२ प्रतिशत कोरोना भाइरसका सङ्क्रमित होम आइसोलेशनमा बसेका पाइएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाले प्रदेशका चार ५२ जना सक्रिय सङ्क्रमितमध्ये दुई ३७ जना अर्थात ५२ प्रतिशत सङ्क्रमित

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology