सोमबार शेयर बजार ६.१२ अंकले घट्यो


  • अर्थ पूर्ण
  • सोमवार, अशोज ५, २०७७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सातको दोस्रो दिन आज (सोमबार) घटेको छ । सोमबार नेप्से ६ दशमलव १२ अंकले घटेर १ हजार ५६९ दशमलव ६ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार आज २ अर्ब ६३ करोड ७३ लाख बढीको कारोबार भएको छ ।

सोमबार १९५ वटा कम्पनीको कारोबार हुँदा ११४ वटाको शेयर मूल्य घटेको छ भने जम्मा ४३ वटाको मूल्यमा मात्रै सुधार देखिएको छ। नबिल बैंकसँगको हल्ला फैलिदा युनाइटेड फाइनान्सको सेयर मूल्यमा बढ्दो क्रममा सर्किट लागेको छ। केही सञ्चार माध्यमले मर्जरका गलत हल्ला फैलाएर कम्पनीको सेयर मूल्यमा प्रभावित पारिरहेका छन्। गत साता सिभिल बैंक र हिमालयन बैंकको मर्जरको हल्ला फैलाएर मूल्य बढाइएको थियो।

सूचीकृत भएको दिन बढ्ने क्रममा सर्किट लागेको लिवर्टी सेयरमा आज घट्दो क्रममा सर्किट लागेको छ। सबैभन्दा धेरै होटलको सूचक घटेको छ। उत्पादन तथा प्रशोधनको सुचकमा सामान्य सुधार देखिए पनि बाँकी सूचक तथा उपसूचक ओरालो झरेको छ।

गएका दिनमा बजार लगातार सुधार भैरहेको थियो। बैंकिङ तरलता बढ्दै गर्दा बजार मूल्य भने बढिरहेको छ। बढिरहेको बजारबाट लगानीकर्ताले नाफा बुक गर्न खोज्दा सूचकमा गिरावट आएको हो

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology