बैंक अफ काठमाडौँ र ‘खल्ती’ डिजिटल वालेटबीच सहकार्य


  • अर्थ पूर्ण
  • सोमवार, अशोज ५, २०७७

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई खल्ती डिजिटल वालेटमा सजिलै पैसा लोड गर्न दिन खल्ती डिजिटल वालेटसँग सहकार्य गरेको छ ।

उक्त सम्झौतापत्रमा बैंक अफ काठमाण्डू लिमिटेडका बजार व्यावस्थापन प्रमुख रितेश लामिछाने र खल्ती डिजिटल वालेटका निर्देशक अमित अग्रवालले एक कार्यक्रमका बिच हस्ताक्षर गरेका छन्।

सम्झौतापछि बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले आफ्नो बैंक खाता लिंक गरेर, बैंकको डिजिटल सेवाहरु मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग मार्फत ‘खल्ती’मा सजिलै पैसा लोड गर्नु सक्नेछन् ।

यस सहकार्यबाट बैंकका सम्पूर्ण ग्राहकले बैंकबाट उपलब्ध सुविधाहरु ९मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी आदी० को साथै अक्तिरित डिजिटल भुक्तानी सेवाहरु उपयोग गर्न सक्नेछन् ।

खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो । खल्ती वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

खल्तीका प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ । खल्ती एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर र खल्ती डटकमबाट डाउनलोड गरि उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology