मंगलबार सुनको मुल्यमा गिरावट


  • अर्थ पूर्ण
  • मङ्लबार, अशोज ६, २०७७

काठमाडौँ । मंगलबार सुन र चाँदीको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १७ सयले घटेर प्रतितोला ९५ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको ९७ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजारमा कारोबार भइरहेको छ ।

त्यसैगरी मंगलबार चाँदीको मुल्य तोलामा ९० रुपैयाँले घटेर तोलाको १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology