नेपाल लाईफद्वारा २५ लाख २० हजार बीमा रकम हस्तान्तरण


  • अर्थ पूर्ण
  • मङ्लबार, अशोज २०, २०७७

काठमाडौं । सोलुखुम्बुको दुर्गम क्षेत्र सोताङ–६ स्थायी घर भएका ङवाङ सोनाम शेर्पाको निधन भएको १० महिना पुगे पछि उनकी तीन वर्षे छोरी छोईङ डोल्मा शेर्पाको नाममा बीमा बापतको रकम २५ लाख २० हजार नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीले पदान गरेको छ ।

ट्रेकिङ पेशामा रहेका शेर्पा नेपालमा हिमालको विदेशी पर्यटकका लागि गाईडको काम गर्दथे । गर्त वर्ष मुटुको समस्या देखिए पछि अस्पतालमा उपचार गर्ने क्रममा उनको निधन भएको थियो । उनले नेपाल लाईफमा जीवन बीमा गराएका थिए ।

सोमबार नेपाल लाईफ इन्स्योरेन्सले मृतका नाबालक छोरी छोईङ डोल्मा शेर्पाको नाममा २५ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । छोरी बीमाको हकवाला रहेका कारण चेक बालिकाको नाममा दिएको नेपाल लाईफले जनाएको छ ।
नाबालक भएकोले छोरीको चेक मृतका बाबु तथा हकवालाकी हजुरबुवा आङ वाङ्छु शेर्पाले बुझेका छन् ।

शेर्पाले चार बर्ष अघि मात्र नेपाल लाईफमा जीवन बीमा गरेका थिए । बीमा अवधि नपुगे पनि नेपाल लाईफले बोनस बापत समेत ५ लाख २० हजार रकम प्रदान गरेको छ । नेपाल लाईफले बीमितहरुका लागि उत्कृष्ट बोनस र सुविधा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9843147644

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2021 and all right reserved to Artha Purna Site By : SobizTrend Technology