कोरोना फ्री जोनको घोषणा गर्ने मन्त्रीलाई नै कोरोना लाग्यो


  • अर्थ पूर्ण
  • शनिबार, अशोज २४, २०७७

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ। आज शनिबार कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको उनले जानकारी दिएका छन्।

‘गत सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो, त्यसक्रममा काठमाडौं बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ,’ उनले भनेका छन्, ‘हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरोको महशुस भयो र आज शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको भर्खरै जानकारी पाएको छु।

उनले आफूलाई हल्का ज्वोरोबाहेक अरु समस्या नदेखिएको जनाएका छन्। ‘केहि दिनयता मसँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु। मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्रार्थी छु,’ मन्त्री भट्टराईले भनेका छन्, ‘होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो विकल्प छ र?’

स्मरण रहोस्,कोरोना महामारीको प्रारम्भिक कालमा नेपाललाई कोरोना फ्री जोन घोषणा गरेर पर्यटन प्रबर्धन गर्नुपर्ने अभिव्यक्ति दिएपछि मन्त्री भट्टराई आलोचित बनेका थिए । हाल नेपालमा संक्रमितको संख्या एक लाख नाघिसकेको छ ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology