जनरल इन्स्योरेन्सको आईपीओ सूचीकृत, मंगलबारदेखि कारोबार हुने


  • अर्थ पूर्ण
  • सोमवार, अशोज २६, २०७७

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओ सोमवार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत भएको छ । असोज २० गते बाँडफाँट भएको कम्पनीको आईपीओ मंगलवारदेखि कारोबार गर्न सकिने गरी सोमवार सूचीकृत भएको हो ।

नेप्सेले पहिलो कारोबारका लागि १०१ दशमलव ७६ रुपैयाँदेखि ३०५ दशमलव २८ रुपैयाँसम्मको ओपनिङ मूल्य रेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको प्रतिशेयर नेटवर्थको आधारमा मूल्य रेञ्ज तोकेको हो । कम्पनीको नेटवर्थको तीन गुणासम्म ओपनिङ मूल्य पाउने व्यवस्था छ ।

यस कम्पनीको प्रतिशेयर नेटवर्थ १०४ दशमलव शून्य २ रुपैयाँ रहेको छ । यस कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । असोज २० गते बाँडफाँट भएको यो आईपीओ एक साताभित्र कारोबार योग्य भएको हो ।

सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भैसकेको यो शेयर मंगलवारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ । जनरल इन्स्योरेन्सको संस्थापकतर्फ ७० करोड रुपैयाँ र सर्वसाधारण तर्फ ३० करोड रुपैयाँको बराबरको १ करोड कित्ता शेयर सूचीकृत गरेको हो ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9843147644

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2021 and all right reserved to Artha Purna Site By : SobizTrend Technology