जनरल इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रार छान्यो


  • अर्थ पूर्ण
  • सोमवार, अशोज २६, २०७७

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । आजै नेप्सेमा शेयर सूचीकृत गर्न लागेको जनरल इन्स्योरेन्सको शेयर सम्बन्धी सम्पूर्ण जिम्वेवारी असोज २६ गतेदेखि कुमारी क्यापिटलले गर्ने भएको हो ।

यस कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणलाई आईपीओ विक्री गरी असोज २० गते बाँडफाँट गरेको हो । उक्त आईपीओ विक्री प्रबन्धकको जिम्वेवारी भने एनआईबिएल एस क्यापिटलले पुरा गरेको थियो । असोज २६ गतेदेखि जनरल इन्स्योरेन्स कम्पनीको शेयर दाखिला खारेज, नामसारी, धितोबन्धक, डिम्याट लगाएतका सम्पूर्ण कार्य अब कुमारी क्यापिटल लिमिटेडबाट हुने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9843147644

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2021 and all right reserved to Artha Purna Site By : SobizTrend Technology