जिप्रका पर्सामा प्रभु बैंकको काउण्टर खुल्यो


  • अर्थ पूर्ण
  • बिहिबार, अशोज २९, २०७७

काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय पर्सामा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। एक्स्टेन्सन काउण्टरको बिहीबारदेखि कारोबार सुरु भएको हो। नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ।

बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ। बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ। बैंकले २०९ वटा शाखा कार्यालय, १९४ वटा एटीएम, ५४ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology