शिवम् सिमेन्ट्सले बोलायो साधारणसभा


  • अर्थ पूर्ण
  • शुक्रबार, अशोज ३०, २०७७

काठमाडौं । असोज २९ गते लाभांश प्रस्ताव सार्वजनिक गरेको शिवम् सिमेण्ट्सले शुक्रवार साधारण सभाको मिति सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६÷७७ को लागि २४ दशमलव २१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव बिहीवार सार्वजनिक गरेको थियो । उक्त प्रस्ताव सहित विविध प्रस्ताव पारित गर्न शिवम्ले कात्तिक २४ गते पाँचौ वार्षिक साधारण सभा गर्ने भएको छ ।

कम्पनीको कर्पोरेट कार्यालय, अनामनगरमा विहान ११ बजे सभा सुरु हुने कम्पनीले जारी सुचनामा उल्लेख छ । सभाले प्रस्तावित नगद लाभांश सहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक १३ गते एक दिन बुक क्लोज गर्ने मिति तय गरेकाले कात्तिक १२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्् । सभामा शेयरधनीहरुलाई जुम मार्फत सहभागी गराईने कम्पनीको भनाई छ । शिवम्को चुक्तापूँजी हाल ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

सोहि पूँजीको आधारमा शिवम्ले २४ दशमलव २१ प्रतिशत नगद लाभांश दिन लागेको हो । शिवम् सिमेन्ट्ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ५ करोड ८४ लाख २९ हजार रुपैयाँ खुद नाफा गरेको थियो । यस कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २४ दशमलव शून्य ६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २०३ दशमलव ४३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology