यो साता नेप्से १५ सय ६२ दसमलव ४६ अंकमा


  • अर्थ पूर्ण
  • शुक्रबार, अशोज ३०, २०७७

काठमाडौं । यो साता नेप्से १५ सय ६२ दसमलव ४६ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि तीन सय १० दसमलव आठ अंकमा पुगेको छ ।

यो साता नेप्सेमा एक सय ९६ वटा कम्पनीहरुको एक लाख ४५ हजार नौ सय ८० पटकको कारोवारमा तीन करोड ३१ लाख ६५ हजार आठ सय १६ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम नौ अर्ब आठ करोड ६४ लाख १० हजार पाँच सय एक रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको भन्दा झण्डै पाँच अर्ब रुपैयाँले कम हो ।

नेप्सेमा गत साता भने एक सय ९५ वटा कम्पनीहरुको दुई लाख १८ हजार सात सय ६६ पटकको कारोवारमा पाँच करोड ४० लाख ४५ हजार चार सय ३५ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम १४ अर्ब ५३ करोड १६ लाख १० हजार चार सय एक रुपैयाँ पुगेको थियो ।

यो साता नेप्से पाँच कार्य दिन नै खुल्ला रहेको थियो । सो मध्ये पहिलो, तेस्रो र चौथो दिन नेप्से घटेको थियो भने दोस्रो र पाँचौं दिन बढेको थियो । सो मध्ये पहिलो दिन आईतबार नेप्से १३ दसमलव ३७ अंकले घटेर १५ सय ७६ दसमलव २७ अंकमा झरेकोमा सेन्सिटिभ पनि तीन दसमलव एक अंकले घटेर तीन सय ११ दसमलव ७३ अंकमा झरेको थियो ।

दोस्रो दिन भने नेप्से एक दसमलव ७४ अंकले बढेर १५ सय ७८ दसमलव एक अंकमा चढेकोमा सेन्सिटिभ पनि एक दसमलव ३७ अंकले बढेर तीन सय १३ दसमलव १० अंकमा चढेको थियो । तेस्रो दिन भने नेप्से नौ दसमलव ४२ अंकले घटेर १५ सय ६८ दसमलव ५९ अंकमा झरेकोमा सेन्सिटिभ पनि एक दसमलव सात अंकले घटेर तीन सय ११ दसमलव ४१ अंकमा झरेको थियो । चौथो दिन पनि नेप्से सात दसमलव ४२ अंकले घटेर १५ सय ६१ दसमलव १७ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ६६ अंकले घटेर तीन सय नौ दसमलव ७५ अंकमा झरेको थियो ।

अन्तिम कारोवार दिन भने नेप्से एक दसमलव २९ अंकले बढेर १५ सय ६२ दसमलव ४६ अंकमा चढेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव ३३ अंकले उकालो लागेर तीन सय १० दसमलव आठ अंकमा चढेको थियो ।
यो साता नेपाल पुर्नबीमा कम्पनी, सानिमा बैंक, शिवम सिमेन्ट आदिको सबैभन्दा बढी रकम कारोवार भएको छ । सेयर कारोवार भएको संख्याको आधारमा भने यो साता नेपाल बैंक, शिवम सिमेन्ट आदि परेकाछन् । बजार पुंजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन् ।

सेयर सुचीकरणतर्फ भने यो साता स्वालम्वन लघुबित्त बित्तीय संस्था र जनरल इन्स्योरेन्स कम्पनीको बोनस सेयर र साधारण सेयर सुचीकृत भएकाछन् ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology