२४ घण्टामा मुलुकभर ३१६७ जनामा कोरोना संक्रमण


  • अर्थ पूर्ण
  • शनिबार, कार्तिक १, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर ३१६७ जनामा कोरोना संक्रमण फेला परेको छ

यसमध्ये काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी १७४६ रहेका छन् । हालसम्म कूल संक्रमित संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । गएको २४ घण्टामा १५ हजार ४३८ पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी दिएको छ ।

२४ घण्टामा १८०० जना डिस्चार्ज भएका छन् । डिस्चार्ज संख्या शुक्रबार ३५२२ रहेको थियो । तर शनिबार आधा नै कमी आएको छ । हालसम्म निको भएकाहरुको जम्मा संख्या ८९ हजार ८४० पुगेको छ ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology