नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय २७ पुग्यो


  • अर्थ पूर्ण
  • शनिबार, कार्तिक १, २०७७

काठमाडौं । मुलुकमा हालसम्म गत जेठ ३ गतेयता कोरोनाबाट मृत्यु हुनेको संख्या ७२७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको पछिल्लो तथ्यांक अनुसार शनिबार मृत्यु भएका १२ जना सहित यो संख्या सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मुलुकमा १,२९,३०४ जना संक्रमित भएका छन् । यसमध्ये ८९,८४० जना निको भएका छन् । निको हुने दर आजका दिनमा ६९ दशमलब ४ प्रतिशत रहेको छ ।

हाल सक्रिय संक्रमित संख्या देशमा ३८,७३७ पुगेकाे छ । यसमध्ये २९इ जना आईसीयू र ६६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै देशभर क्वारेन्टिनमा ४,७१५ जना रहेका छन् । हालसम्म १२,६९,६०५ पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology