पौडी खेल्ने क्रममा बगेर बालकको मृत्यु


  • अर्थ पूर्ण
  • आइतवार, कार्तिक २, २०७७

बागलुङ । बागलुङको पश्चिम क्षेत्र बडिगाड गाउँपालिकास्थित भिमगिठे खोलाले बगाएर एक बालकको मृत्यु भएको छ ।

शनिबार बडिगाड गाउँपालिका–७ भिमिगिठे निवासी अनुज केसीका ७ वर्षीय छोरा अनुपको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

भिमगिठे खोलामा पौडी खेल्ने क्रममा बगाएर दुई किलोमिटर तल पु(याएको बालकलाई प्रहरी र स्थानीयले उद्दार गरेका थिए । उद्दार पछि बडिगाड पोलिक्लिनिकमा उपचारका लागि लगे पनि बालकको मृत्यु भएको रेग्मीको भनाइ छ ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology