ओलीको नक्कली राष्ट्रवाद, रअ प्रमखुसामु बालुवाटारमै लम्पसार


  • अर्थ पूर्ण
  • बिहिबार, कार्तिक ६, २०७७

काठमाडौं । आफूलाई राष्ट्रवादी दावी गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको नक्कली राष्ट्रवाद छताछुल्ल भएको छ । सत्ता संरक्षणका लागि ओलीले भारतसंग सम्झौता प्रयास गरेका छन् । उनले गोप्य रुपमा नेपाल भ्रमणमा रहेका भारतीय खुफिया एजेन्सी रअका प्रमुखसंग बालुवाटारमा लामो संवाद गरेका छन् ।

काठमाडौं । भारतीय खुफिया एजेन्सी राइट एण्ड एनालाइसिस विंग (रअ)का प्रमुख सामन्त कुमार गोयल प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी स्वेदश फर्किएका छन् ।

देशभित्र राजनीतिक उतारचढावका बेला ‘रअ’का एजेन्टहरु गोप्य रुपमा सक्रिय रहने गरिएको छ । योपटक प्रमुख गोयल नेपाल आएर फर्किनुलाई राजनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ ।

गोयलले प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा बुधबार साँझको खाना खाएर बिहीबार फर्किएका हुन् । उनी त्यहाँ चार घण्टा बसेका थिए । उनी बुधबार नै आईएफबी ६०४५ कल साइनको चार्टर विमानबाट नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजधानी आएका थिए । भेटवार्तामा के कुराकानी भयो भन्नेबारे केही खुलाइएको छैन ।

उनले अन्य कसकसलाई भेट गरे भन्नेबारे सत्तारुढ दलका शीस्र्षथ नेताहरुले अनविज्ञता प्रकट गरिरहेका छन् । नेपाल काठमाडौं छिरेको तस्बिर मिडिया आएपछि मात्र प्रम ओलीसँग भेटवार्ता भएको कुरा सार्वजनिक गर्न प्रधानमन्त्री सचिवालय बाध्य भएको छ ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9843147644

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology