दिल्लीमाथि कोलकात्ताको शानदार जित


  • अर्थ पूर्ण
  • शनिबार, कार्तिक ८, २०७७

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकात्ता नाईट राइडर्सले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित गरेको छ।

युएईको अबुधाविमा दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको कोलकात्ताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १९४ रन बनाएको थियो।

कोलकात्ताका नितिश राना र सुनिल नारिनले अर्धशतक बनाए। नितिशले ५३ बलमा ५१ रन बनाए भने सुनिलले ३२ बलमा ६४ रन बनाए। यस्तै कप्तान इयान माेर्गनले १७ र राहुल त्रिपाठीले १३ रन बनाए।

१ सय ९५ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३५ रन मात्रै बनाउन सक्यो। दिल्लीका लागि कप्तान श्रेयश यय्यरले ४७ रन, ऋषभ पन्तले २७ रन र रविचन्द्रन अश्विनले १४ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन।

दिल्लीमाथि जित निकाल्न कोलकात्ताका वरुण चक्रवर्तीले पाँच, प्याट कमिन्सले तीन र लोकी फर्गुसनले एक विकेट लिए।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9843147644

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology