भारतीय सेनाप्रमुखको स्वागतको भव्य तयारी


  • अर्थ पूर्ण
  • बुधबार, कार्तिक १२, २०७७

काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवाणे यही कात्तिक १९ गते नेपाल आउँदैछन्।

प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा चार सदस्यीय भ्रमण दलकासाथ नेपाल नेपाल आउन लागेको नेपाली सेनाले जनाएको छ। तीन दिवसीय भ्रमणका दौरान नरवाणेले सैनिक मञ्चको विर स्मारकमा श्रद्दाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा आफ्ना समकक्षी पूर्णचन्द्र थापासँग छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

उनले प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीसँग समेत औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको जंगी अड्डाले जनाएको छ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9843147644

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology