बाघको आक्रमणबाट बर्दियामा दुई जनाको मृत्यु


  • अर्थ पूर्ण
  • बुधबार, कार्तिक १२, २०७७

बर्दिया । नेपाल-भारत सिमानामा मंगलबार बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका-३ धनौराका अन्दाजी २८ वर्षका दिनेश चौधरी बिहान ७ बजे च्याउ टिप्न जाने बेलामा बाघको आक्रमणमा मृत्यु भएको थियो ।

सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर राउतका अनुसार दिनेश दिउँसो अबेरसम्म घर नफर्केपछि घर परिवारले खोजी गर्न आफन्तीलाई जंगल पठाएका थिए । खोजी गर्ने क्रममा बाघले झम्टिदा स्थानीय रमेश थारुको पनि मृत्यु भएको राउतले बताए । उनीसँग गएका अन्य स्थानीयले भागेर ज्यान बचाएका थिए ।

त्यसपछि सशस्त्रको बीओपीबाट खटिएको टोली र स्थानीयले खोजी गर्दा १०/१० मिटर दूरीमा दुवै जनाको शव भेटिएको थियो ।

यस क्षेत्रमा चार महिनायता बाघको आक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9843147644

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology