तिहारमा नबिल बैंकले ल्यायो सामाजिक सन्देशमूलक भिडियो


  • अर्थ पूर्ण
  • बिहिबार, कार्तिक २७, २०७७

काठमाडौं । नेपालीहरुले दशकौंदेखि विश्वास गर्दै आएको नबिल बैंकले जहिले पनि समय सुहाउ“दो सेवाहरु प्रदान गरेर आफ्ना ग्राहकहरुको मन जित्दै, ग्राहकहरुलाई ढुक्क बनाउ“दै आएको छ । झन् अहिलेको माहामारीको बेलामा त समय सुहाउ“दो सन्देशहरु दिनु पनि निकै जरुरी भएको छ र यसै कुरालाई आत्मसात गरी सुरक्षित तवरले तिहार मनाऔं भन्ने सन्देश दिनको लागि नबिल बैंकले तिहार भिडियो सार्वजनिक गरेको छ।

नबिल बैंकले दशैंको बेलापनि सुरक्षित तवरले दशैं मनाऔं भन्ने सन्देशका साथ एउटा भिडियो सार्वजनिक गरेको थियो, जसलाई सबैले धेरै मन पराएका थिए । उक्त भिडियोमा देखाइएको कथा अहिले धेरैको जीवनस“ग मेल खान गएकोले उक्त भिडियोले लाखौंको मन छुन सफल भयो । जसको फलस्वरुप नबिलको दशैंको भिडियो सामाजिक संजालमा(फेसबुक, युटुब, इन्ष्टाग्राम, टुईटर, लिंक्डइन)कुल१३ लाख दर्शकले हेरेका छन् । दशैंको भिडियोले पाएको मायाको लागि नबिल बैंक सबैलाई आभार व्यक्त गर्न चाहन्छ ।

तिहारको यस भिडियोले अहिलेको अवस्थामा भौतिक रुपमा भन्दा भावनात्मक रुपमा नजिक भएर तिहार मनाऔं भन्ने सन्देश सरल ढंगले दिएको छ, जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षा लिएको छ ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9843147644

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology