क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण


  • अर्थ पूर्ण
  • शनिबार, मंसिर १३, २०७७

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो । तर अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले जानकारी दिएका छन् । होम आइसोलेसनमा रहेका लामिछानेले निको भएर आफू छिट्टै फिल्डमा फर्कने उल्लेख गरेका छन् ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9843147644

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2021 and all right reserved to Artha Purna Site By : SobizTrend Technology