थप १२७२ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु


  • अर्थ पूर्ण
  • शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं । नेपालमा शुक्रबार थप १२७२ जनामा कोरोना पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थव १६ जनाको मृत्यु भएको छ भने नेपालमा हालसम्म १५६७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १५७५ संक्रमित कोरोनामुक्त भएका छन् ।

हालसम्म २ लाख २१ हजार ८४७ कोरोना संक्रमणबाट निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हाल १५ हजार ४४७ जना आइशोलेशनमा छन् भने ५३७ जना क्वारेन्टाइनमा छन् । हालसम्म १७ लाख ७१ हजार ९५० वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9843147644

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2021 and all right reserved to Artha Purna Site By : SobizTrend Technology