ग्लोबल आइएमई बैंक र मुसिकोट तथा आठबिसकोट नगरपालिकाबीचसम्झौता, १० लाखसम्म सहुलियतपुर्ण कर्जा दिने


  • अर्थ पूर्ण
  • शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र मुसिकोट तथा आठबिसकोट नगरपालिका (पश्चिम रुकुम) बीच सहुलियतपुर्ण कर्जाका लागि सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतम र आठबिसकोट नगरपालिकाका प्रमुख गोरख बहादुर केसीका बीच छुट्टाछुट्टै रुपमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नगरपालिकाले उद्यम व्यवसाय गर्न इच्छुक समूहलाई परामर्श तथा उद्यमशीलता सम्बन्धी तालिम दिनेछ । तालिम पाएका किसान वा व्यवसायीको समुह बनाएर कर्जाका लागि बैंकमा सिफारिस गर्नेछ । नेपालको कूल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा करिब ६५ प्रतिशत जनता आश्रित रहेका छन् ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9843147644

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2021 and all right reserved to Artha Purna Site By : SobizTrend Technology