ग्लोबल आइएमई बैंकद्वारा जाडोमा न्यानो कपडा वितरण


  • अर्थ पूर्ण
  • शुक्रबार, पुस २४, २०७७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको कर्णाली प्रादेशिक शाखा कार्यालयले बैकको १४औं वार्षिकोत्सवको उपलक्ष्यमा, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वीरेन्द्रनगर, सुर्खेतस्थित मानव सेवा आश्रमका विभिन्न उमेर समुहका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । बैंकको कर्णाली प्रादेशिक शाखा कार्यालय प्रमुख विष्णु अर्यालले मानव सेवा आश्रम, सुर्खेत शाखालाई न्यानो कपडा हस्तान्तरण गरे ।

ग्लोबल आइएमई बैंकले समाजलाई टेवा पुर्याउने उद्देश्यका साथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाजपयोगी कार्यहरु गर्दै आएको छ ।

यसका साथै, ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २७ सरकारी राजश्व संकलन काउन्टर, १ CDS & Clearing काउन्टर, १९ एक्सटेन्सन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ७९६ भन्दाबढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9843147644

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2021 and all right reserved to Artha Purna Site By : SobizTrend Technology