६ सय रुपैयाँले बढ्यो सुनको मूल्य


  • अर्थ पूर्ण
  • मङ्लबार, पुस २८, २०७७

काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्यमा मंगलबार भने सामान्य वृद्धि भएको छ । प्रतितोला ९२ हजार २०० रुपैयाँमा सोमबार कारोवार भएको छापावाला सुन मंगलबार भने तोलामा ६०० रुपैयाँले वृद्धि भई ९२ हजार ८०० रुपैयाँ पुगेको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा ९१ हजार ७०० रुपैयाँमा तेजाबी सुन सोमबार कारोवार भएको थियो । यस्तै चाँदीमा आज तोलामा २० रुपैयाँले वृद्धि भएको छ । एक हजार २३० रुपैयाँमा सोमबार कारोवार भएको चाँदी आज एक हजार २५० रुपैयाँ मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9843147644

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2021 and all right reserved to Artha Purna Site By : SobizTrend Technology