सिजीका एसिको खरिदमा अब निःशुल्क जडानको व्यवस्था


  • अर्थ पूर्ण
  • मङ्लबार, पुस २८, २०७७

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै आफ्ना सम्पूर्ण ग्राहकहरुलाई मध्यनजर गर्दै अबदेखि सिजीका कुनैपनि इन्भर्टर वाल माउन्ट एसि, स्प्लिट टाईप एसि तथा अन अफवाल माउन्ट स्प्लिट टाईप एसिहरुको खरिदमा निःशुल्क जडानको सुविधा उपलव्ध गराएको छ । यो सुविधाबाट ग्राहकहरुको जडान गर्दा लाग्ने २ हजार पाँच सय रुपैयाँ बराबरको खर्च जोगिनेछ ।

यी एसिले जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्नुका साथै विजुलीको पनि कम खपत गर्ने कम्पनीले जनएको छ । जाडो याममा जीवन सरल, सहज बनाउँदै विद्युतमा पनि बचत गराउनु यी एसिहरुको विशेष उद्देश्य रहेको छ ।

साथसाथै यी एसिहरुमा ५ वर्षको वारेन्टी पाउनुका साथै काठमाडौ क्षेत्रभित्रमा २४ घण्टा भित्रनै जडान गरिदिने व्यवस्था पनि रहेको कम्पनीले जनाएको छ । उच्चप्रविधि र उर्जा बचत गर्ने सिजीका एसिहरु ल्याई अब जडान गर्दा समेत लाग्ने खर्च जोगाई यो जाडोमा न्यानो भएर ढुक्कसँग बस्न कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9843147644

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2021 and all right reserved to Artha Purna Site By : SobizTrend Technology