विदेशीलाई जापान प्रवेशमा रोक


  • अर्थ पूर्ण
  • बुधबार, पुस २९, २०७७

जापानले गैरआवासीय विदेशीहरूलाई जापान प्रवेश गर्न फेरि रोक लगाएको छ । कोरोनाभाइरसको महामारी थप फैलिँदै गएपछि सरकारले फेरी विदेशीहरूलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री योशिहिडे सुगाले सबै देशका गैरआवासीय नागरिकलाई जापान प्रवेश गर्न नदिने बुधबार घोषणा गरे । जापानले कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि देशका धेरै क्षेत्रमा सङ्कटकाल लगायतका कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरेको छ । पूर्व निर्धारित अत्यावश्यक यात्राका लागि भने कडा मापदण्ड पालना गरेर मात्रै प्रवेश गर्न दिने व्यवस्था पनि सरकारले गरेको छ ।

विदेशीलाई प्रवेश निषेध गर्ने निर्णय आगामी फेब्रअरी ७ तारिखसम्म लागू हुने अधिकारीहरूले जनाएका छन् । आवश्यकतानुसार सो अवधि लम्बिन पनि सक्ने उनीहरूले स्पष्ट पारेका छन् । जापानमा अहिले दैनिक हजारौँ सङ्क्रमित हुने गरेका छन् भने सङ्क्रमितहरूको सङ्ख्या पहिलाभन्दा बढी हुने गरेको छ ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9843147644

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2021 and all right reserved to Artha Purna Site By : SobizTrend Technology